Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुदा एक जनाको मृत्यु


    सोमबार, कार्तिक २४ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

    आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    प्रहरीका अनुसार उक्त गाडी बिरामीलाई अक्सिजनसहित उपचारका लागि कालिकोटबाट सुर्खेततर्फ लैजाने क्रममा दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार