बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम अन्सारीसहितको टोलीले गाउँमा स्वास्थ्य चौकी उदघाटन गर्न खोजेपछि विपक्षी समूहले रोक लगाएको थियो ।
उदघाटन गर्न गएको समूह र रोक्ने समूहबीच विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो । फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी उदघाटन गर्ने क्रममा विवाद भएको थियो ।
त्यसपछि सुरु भएको विवादले उग्र रूप लिएपछि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकैदुई समूहबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित समूहले प्रहरीमाथि ढुंगामुढा गरेको थियो ।
मधेस प्रदेश प्रहरीका अनुसार भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले जवाफी कारबाहीस्वरूप हवाई फायर गरेको थियो ।
तर, प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् । फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका छोरा अजित पासवानको पेटमा गोली लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाका क्रममा प्रहरीले गरेको लाठी प्रहारबाट अन्य केही व्यक्ति पनि घाइते भएका छन् ।
गोली लागेर घाइते भएका युवकको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मधेस प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
गोली लागेर बालक गम्भीर घाइते भएपछि स्थानीय थप आक्रोशित बनेका छन् । दोषी प्रहरीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षाका लागि पर्सा जिल्लाबाट समेत प्रहरी टोली परिचालन गरिएको छ ।
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend