Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • श्रम स्वीकृति नलिई हवाई टिकट नकाट्न वैदेशिक रोजगार विभागको आग्रह


    शुक्रबार, कार्तिक १४ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ।

    विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै वैदेशिक रोजगारीबाट बिदामा नेपाल आएका व्यक्तिहरूले पुनः विदेश फर्किने क्रममा श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिन आग्रह गरेको हो।

    विभागका अनुसार बिदामा आएका कतिपय श्रमिकले विदेश फर्किन हवाई टिकट लिइसकेपछि मात्र श्रम स्वीकृतिका लागि आवेदन दिने गरेका छन्। यस्तो अवस्थामा समयमै श्रम स्वीकृति प्राप्त नहुँदा निर्धारित उडान छुट्ने समस्या देखिन सक्ने भएकाले विभागले श्रम स्वीकृति सुनिश्चित गरेर मात्र टिकट लिन अनुरोध गरेको हो।

    विभागले हवाई टिकट लिइसकेका व्यक्तिहरूलाई समेत उडान हुनुभन्दा कम्तीमा तीन दिनअघि तोकिएका आवश्यक कागजातसहित अनलाइन माध्यमबाट श्रम स्वीकृतिका लागि आवेदन दिन आग्रह गरेको छ।

    त्यस्तै, श्रम स्वीकृतिका लागि आवेदन दिइसकेका व्यक्तिहरूलाई स्वीकृतिसम्बन्धी कुनै समस्या देखिए तत्काल विभागमा सम्पर्क गर्न भनिएको छ।

    समस्या समाधानका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ। विभागका अनुसार श्रमिकले ९७६८९१८४७३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा ह्वाट्सएपमार्फत सन्देश पठाउनसमेत सकिने व्यवस्था गरिएको छ।

    विभागले श्रम स्वीकृति प्रक्रियामा हुने ढिलाइका कारण श्रमिकको हवाई यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले समयमै आवेदन दिन र स्वीकृति प्राप्त भएपछि मात्र टिकटको व्यवस्था गर्न अनुरोध गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार