काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।
भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते आफ्ना छोराको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
त्यसको भोलिपल्ट असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै भट्टको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट किन जारी हुन नपर्ने हो रु रिट जारी हुनु नपर्ने आधार र कारण भए तीनदिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न आदेश जारी गरेको थियो।
धितोपत्र कारोबार प्रकरणमा भट्ट गत चैत्र १९ गते पक्राउ परेका थिए। गत साउन २७ गते विशेष अदालत काठमाडौंले व्यवसायी भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो।
राजनीतिक आवरणमा रहेर ठूला सरकारी ठेक्कापट्टा र शंकास्पद आर्थिक कारोबार गरी अवैध सम्पत्ति आर्जन गरेको उनीमाथि आरोप छ। उनीविरुद्ध जेठ २८ गते सरकारी वकिल कार्यालयले २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ विगो माग गर्दै भट्टविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको थियो। भट्ट मुद्दा पुर्पक्षका लागि हाल सिन्धुपाल्चोक कारागारमा छन्। केही समयअघि उनलाई नख्खु कारागारबाट स्थान्तरण गरेर त्यहाँ पठाइएको हो।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend