Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क लाग्ने , कुन सवारीलाई कति ?


    बिहिबार, कार्तिक १३ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क निर्धारण गरिएको जानकारी दिएको हो ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक-फरक शुल्क तोकिएको छ ।

    निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ तिर्नुपर्नेछ ।

    मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको सूचनामा उल्लेख छ ।

    नयाँ व्यवस्थाअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कात्तिक १५ गतेदेखि तोकिएको दरमा टोल शुल्क बुझाउनुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार