Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज


    बिहिबार, कार्तिक १३ २०८३
    100
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ ।

    केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज बिहीबार गर्न लागेको हो ।

    सभापति गगन कुमार थापाले भने दसैँको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए । आज कात्तिक १२ गते दिउँसो २ बजे कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरूको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।

    १८-२३ असोजमा सम्पन्न कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ । बाँकी सदस्य मनोनीत गर्न आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार