Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान


    बुधबार, कार्तिक १२ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्।

    प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

    उपरथीमा बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका छन्।

    उपरथी दिपेशजंग शाह अवकास भएपछि रिक्त भएको पदमा खत्रीलाई बढुवा गरिएको हो।

    यस्तै बुधबार नै तीना जना महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको छ। प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका विवेक काफ्ले, प्रकाश थापा, र सिताराम खड्कालाई पनि प्रधानसेनापत िसिग्देलले दज्र्यानी चिन्ह प्रदान गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार