Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेपाली पाठ्यक्रमअनुसार विदेशमा १२ कक्षासम्म पढाउन पाइने


    शुक्रबार, चैत्र २७ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विदेशमा नेपाली पाठ्यक्रम अनुसार कक्षा १२ सम्म पठन पाठन गराउन पाइने भएको छ ।

    यसअघि विदेशमा १० कक्षासम्म पठन पाठन गराउन पाइने व्यवस्था रहेकामा सरकारले १२ कक्षासम्म पठन पाठन गर्न पाउने स्वीकृति दिएसँगै अब विदेशमा नेपाली पाठ्यक्रम अनुसार कक्षा १२ सम्म पढ्ा पाइने भएकाे हाे ।

    चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले विदेशमा बस्ने नेपाली समुदाय, ती समुदायका लागि काम गरिरहेका संस्था वा नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न चाहने संस्थाले माध्यमिक तहसम्मको पठन पाठनको अनुमति मागेमा सर्त तोकी अनुमति दिन सक्ने निर्णय गरेको छ ।

    आधारभूत तथा माध्यामिक शिक्षा ऐन, २०७५ ले माध्यामिक कक्षा ९ देखि १२ लाई मानेको हुनाले विदेशमा १२ कक्षासम्म पठनपाठन गराउन पाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

    कुनै पनि देशमा नेपाली पाठ्क्रम अनुसार विद्यालय खोल्न अथवा सञ्चालन गर्न चाहेमा सोही देशको कानुन अनुसार दर्ता गरी सञ्चालन गर्न पाउने व्यवस्था छ । नेपाली पाठ्यक्रम पठन पाठन हुने विद्यालयको निरीक्षण सोही देशमा रहेको दूतावासले गर्न पाउने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार