Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा


    मंगलबार, कार्तिक ११ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् ।

    पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक रहेका खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको हो । खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको बताएका छन् ।

    खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको उनको आरोप छ । त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताएका छन् ।

    दिउसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाइ फकरुद्दिन खाँनको जिम्मा लगाई प्रहरीले छोडेको उनले बताए ।

    छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार