Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पद खोसिएका आङ्बोहाङ पुन: मन्त्रीमा नियुक्त


    शुक्रबार, चैत्र २७ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । सांसद् पद खोसिएका टङ्क आङ्बुहाङ पुन: मन्त्रीमा नियुक्त हुने भएका छन् ।

    माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरेका टङ्क आङ्बुहाङ दुई साताअघि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । बिहीबार सांसद् पद खारेज भएपछि पुन: मन्त्रीमा नियुक्त भएका हुन् ।

    दोस्रो नियुक्तिपछिको सपथग्रहण शुक्रबार नै गरिने भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार नै पद तथा गोपनियताको सपथग्रहण गराउने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

    नेकपा माओवादी केन्द्र त्यागेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका टङ्क आङ्बुहाङको सांसद् पद खोसिएको थियो ।

    सांसद् नभएका व्यक्तिलाई ६ महिनाका लागि मन्त्री बनाउन सक्ने प्रावधान छ ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार