काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्।
यसपटक दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उनले यस पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन्।
‘यस वर्षको बडादसैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्। यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, सभापति लामिछानेले लेखेका छन्, ‘संकटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ- विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिंगो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ।’
अगाडि लेखेका छन्, ‘नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा नि:स्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटसँग जुध्ने अदम्य साहस प्रदान गरून्। असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्। सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादसैँको हार्दिक शुभकामना!’

काठमाडौँ । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल बढेको छ । दसैँ...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी)दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend