काठमाडौं । सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक-७ को सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ।
प्रशासनले पनि पटक-पटक लिखित तथा मौखिक रुपमा बस्ती खाली गर्न स्थानीयलाई आग्रह गरेपनि उनीहरुले बेवास्ता गर्दै आएकाले स्थानीय प्रशासन र नगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर लगाएका हुन् ।
वडाध्यक्ष भीम पौडेलका अनुसार तत्कालीन प्रशासकले उनीहरूलाई अस्थायी रुपमा मात्र बसोबासको व्यवस्था मिलाएको थियो। वडाध्यक्ष पौडेलले भने, ‘वास्तविक सुकुम्बासीको पहिचान गरी नगरपालिकाले निर्माण गरेको नमूना बस्तीमा लैजानबाट छाडिएका धनाड्यहरूले प्रशासनले बस्ती खाली गर्दा डोजर लगाएको आरोप लागेको हो।’
सरकारले सार्वजनिक (सरकारी) जग्गाको खोजी गरी त्यस ठाउँमा बहुआयामिक व्यापारीक केन्द्र निर्माण गर्ने तयारी गरेको छ।
‘नगर र प्रशासनले पहिचान गरेका सुकुम्बासी नमूना बस्तीमा गइसकेका छन्। जसको करोडौंको सम्पत्ति छ उनीहरू वास्तविक सुकुम्बासी होइनन्। उनीहरूले अटेरी गरिरहेका छन्,’ नगरप्रमुख ओली भने।
सो क्षेत्रमा प्रशासनले कम्तीमा तीन सय प्रहरी परिचालन गरेको छ।