Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • दसैँका ४ दिन काठमाडौँको फोहोर व्यवस्थापन नहुने


    शुक्रबार, असोज ३० २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने जानकारी दिएको छ।

    ती चार दिन दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरपालिकाले जनाएको हो।

    दसैँको बेला उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन्।

    दसैँका मुख्य चार दिनबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा हुँदै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार