Nepal Face
  • बिहिबार, २९ असोज २०८३
  • परराष्ट्रमन्त्री खनाल र इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच शिष्टाचार भेटवार्ता


    बिहिबार, असोज २९ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकी राजदूत लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

    भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार