Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • दशैँ लागेसंगै ओरालो लाग्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, असोज २९ २०८३
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो ।

    आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन २ लाख ८९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदी आज तोलामा २२० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार