काठमाडौँ। संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारका केही कागजात मगाउने भएको छ।
राजदूत प्रस्तावित भएपछि उनीविरुद्ध दुई वटा उजुरी परेका छन्। सोमबार सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट कागजात मगाउने निर्णय भएको एक सदस्यले जानकारी दिए।
प्रस्तावित राजदूत सुनारले महिला हिंसा गरेको, धम्की दिएको आरोप छ। उजुरीकर्ताले सुनारले यस घटनामा दुई पटक ललितपुर प्रहरी कार्यालयमा माफी मागेको उल्लेख गरेकी छन्।
उनले प्रहरीमा माफी मागेको र मिलापत्र भएको कागजातका प्रतिलिपि तथा घटनासँग सम्बन्धित सन्देशका स्क्रिनसटसमेत समितिमा बुझाएको बताइएको छ।
त्यस्तै, सुनारलाई जर्मनबाट डिपोर्ट गरिएको उजुरी परेको थियो। सोही कारण यसबारे समितिले उजुरीकर्तासँग छलफल गरेर कागजात मगाउने निचोड निकालेको जनाइएको छ।
सुनारविरूद्ध परेको अर्को उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीसँग गिरीबहादुर सुनार आबद्ध रहेको भनेर खुलाइएको छ। राजदूत नियुक्त हुने व्यक्ति कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने जिकिर गर्दै उजुरीकर्ताले सुनार राजदूत बन्न योग्य नरहेको दाबी गरेका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सोमबारदेखि सुनुवाइ सुरु गरेको छ। आज भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ भइरहेको छ।
काठमाडौ । जिल्ला अदालत काठमाडौले नेपाली काङ्ग्रेसकी नेतृ बिनिता खड्कालाई छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौका न्यायाधीस तेजबहादुर खड्काले सोमबार उनलाई छाड्ने आदेश...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफूहरू...
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई शपथग्रहण गराएका हुन्। नेताहरू सिर्जना...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४औं समूह)पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट...
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend