Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • समाजवादको आन्दोलन सिध्याउँछु भन्नेहरू मुर्ख हुन्: केपी ओली


    सोमबार, असोज २६ २०८३
    75
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै उनले आफूहरू मानवतावाद चाहेको बताए।

    तर, मानवतावादको आडमा त्यसविपरीत काम गर्नेहरू पनि थुप्रै रहेको बताए।

    ‘हामी न्यायको बाटोमा हिंड्न चाहन्छौं। समाज शान्ति भएको देख्न चाहन्छौं। शान्तिका लागि र संगठित समाजका लागि जनताले प्रतिवाद गर्न सक्छन्। त्यसलाई हामी आन्दोलन भन्छौं।’आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन। संगठित शक्तिले प्रतिवादका माध्यमबाट गर्ने आन्दोलन हामीले भनेका हौं,’ उनले भने।

    उनले देश र जनताका लागि मात्र नभएर समाजमा न्याय, शान्ति र लोकतन्त्रका लागि समाजवाद आन्दोलन आवश्यक रहेको बताए।

    उनले अहिले लोकतन्त्रलाई नै खतरा पुर्‍याउने काम भइरहेको बताए। त्यसको बचाउका लागि आफूहरूले आन्दोलनसम्म गर्न सकिने बताए। ‘हामीमाथि अहिले पनि घेराबन्दी चलिरहेको छ। ७७, ७८ र ८० सालमा हामीमाथि कम्तीको घेराबन्दी थिएन। हाम्रा नेताहरूलाई त्यसबेला तितरबितर पारियो। हामीले पार्टीलाई फेरि पुनर्गठन गर्‍यौं। अहिले त्यस्तै हाम्राविरुद्ध मोर्चाबन्दी भइरहेको छ,’ उनले भने।

    उनले गत संसदीय निर्वाचनमा सारा पार्टी आफूहरूविरुद्ध लागेको बताए। पार्टीले मात्र नभएर सामाजिक सञ्जालको दुरुपयोग गरेरसमेत आफूहरूको लोकप्रियतालाई गिराउने काम गरेको उनले आरोप लगाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार