काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयनमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
शर्मा बरिष्ठ उपसभापति र भूसाल उपसभापति(महिला) निर्बिरोध निर्वाचित भएका हुन् ।
कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
निर्धारित समयभित्र वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा पुष्पा भूसालको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरू दुवैजना गत वर्षको पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट पनि उपसभापतिमा निर्वाचित भएका थिए ।
यसपटक कांग्रेसले वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था गरेपछि शर्मा वरिष्ठ तथा भुसाल महिलातर्फ उपसभापतिमा निर्विरोध भएका हुन् ।
काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापतिमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि केन्द्रीय सदस्य थिइन्। गुरुङ कांग्रेसमा लामो...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा....
काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यसैबीच शर्माले...
काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिएका छन्। कांग्रेस महाधिवेशनअन्तर्गत मंगलबार खड्कीले सभापतिमा उम्मेदवारी दिएका हुन्। सभापतिमा गगन थापा प्रतिस्पर्धी छन्। थापाले उम्मेदवारी...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उनले खुला उपसभापति पदमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend