Nepal Face
  • सोमबार, १९ असोज २०८३
  • इबिडिङ ह्याकिङ प्रकरण : हाई हिमालय कन्ष्ट्रक्सनका किरण मल्लसहित ८ ठेकेदार पक्राउ, ४ दिन म्यादथप


    सोमबार, असोज १९ २०८३
    930
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याउने र ह्याकिङ गरी बोलपत्र कब्जा गर्ने ८ व्यवसायीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा.लि.का किरण मल्ल पनि छन् ।

    नेपालका लागि आर्मेनियाका महाबाणिज्यदूतसमेत रहेका मल्लसहितकालाई पनि बिद्युतीय बोलपत्रमा अनधिकृत पहुँच पुर्याई ठेक्का लिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    पक्राउ पर्नेमा अन्य निर्माण व्यवसायीहरूमा भक्तबहादुर लामा, विष्णुमान लामा, गंगाबहादुर सिलवाल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्की रहेका छन् ।

    सोही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे र आशिष निर्माण सेवाका ऋषिकेश गौली यसअघि नै प्रक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

    ई–बिडिङ ह्याक प्रकरणमा प्रहरीले दोस्रो तहको अनुसन्धान गरेर त्यसमा संलग्न देखिएका व्यवसायीलाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेको निर्माण व्यवसायीलाई लागि जिलला अदालत काठमाडौंले ४ दिन म्यादथप गरेको साईबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले बताए । उनले भने–उहाँहरुलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । सोमबार (आज) ४ दिनको म्यादथप भएको छ । भोलि फेरि म्यादथपका लागि जिल्ला अदालतमा लाने जानकारी दिए ।

    हाई हिमालयन कन्ष्टन्क्सनका संचालक मल्ल हाइड्रोपावर ब्यवसायी हुन् । युनियन, युनाइटेट मेवा, पुवाखेला लगायतका हाइड्रोपावर कम्पनीका उनी अध्यक्ष हु्न् ।

    यसअघि ३२ जेठ, २०८०मा भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्ष पदमा दावेदारी पेश गरेका मल्लको उम्मेदवारी प्रक्रिया नपुगेको भन्दै खारेज भएको थियो । संस्थाको स्वीकृत विधानअनुसार उम्मेदवारका लागि अयोग्य रहेको भन्दै निर्वाचन समितिले उनको उम्मेदवारी खारेज गरेपछि गणेश कार्की निर्बिरोध निर्वाचित भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार