काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले कांग्रेस केवल चुनावी दल मात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएको बताएका हुन्।
समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको थापाको भनाइ छ। उनले कांग्रेसले संसदमा प्रतिपक्षको रूपमा नागरिकका मुद्दाहरू प्रखर रूपमा उठाउने र ती मुद्दाहरूलाई तार्किक निष्कर्षमा पु¥याएर सरकारलाई सम्बोधन गर्न बाध्य पार्ने उल्लेख गरे।
आफ्नो राजनीतिक प्रतिवेदन आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक मार्गदर्शन उनले बताए। फागुन २१ को निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम भोगेको र संसदमा उपस्थिति खुम्चिएको भन्दै सभापति थापाले यसलाई केवल चुनावी प्रचार वा आन्तरिक बेमेलको रूपमा मात्र हेरियो भने थप दुर्घटना हुने धारणा राखे।
थापाले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उमेदवारसहित जनविश्वास जितेर प्रतिस्पर्धा गर्ने र मतको अंकगणितका लागि आफ्नो मौलिक पहिचानलाई कमजोर नबनाउने प्रतिवेदनमा उल्लेख गरेका छन्।
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अघिल्लो साता भारत जाने भएका छन् । उनी असोज २६ ९अक्टोबर १२० मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी...
काठमाडौँ । सरकारले भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य अत्यावश्यकबाहेक हालका लागि स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend