सुनसरी। सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चोकबाट प्रहरीले बन्दागोभी बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। आइतबार राति ११:५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ट्रकमा बन्दागोभीले छोपेर राखिएको अवस्थामा ८३ वटा बोरामा प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खडकाले बताए। बरामद गरिएको गाजा तौल गर्दा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको डीएसपी खडकाले बताएका छन् ।
प्रहरीले गाँजा र ट्रकसहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र सोही स्थानका १८ वर्षीय सहचालक सन्दिप राईलाई यन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन्।
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अघिल्लो साता भारत जाने भएका छन् । उनी असोज २६ ९अक्टोबर १२० मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी...
काठमाडौँ । सरकारले भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य अत्यावश्यकबाहेक हालका लागि स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend