Nepal Face
  • शनिबार, १७ असोज २०८३
  • सशस्त्र प्रहरीद्वारा सिरहाबाट ११ सय किलो गाँजा बरामद


    बिहिबार, असोज १५ २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • लहान । सिरहाबाट सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजासहितको गाडी नियन्त्रणमा लिएको छ ।

    गएराति करिब १ बजे सिरहा जिल्लाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सुरक्षा वेस गोलबजार र सुरक्षा वेस सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको गाँजा नियन्त्रणमा लिएको हो ।

    २६ वटा बोरामा प्याक गरिएको ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेका छन । बरामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार