काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी भित्रका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले समानान्तर कमिटीलाई देशव्यापी विस्तार गरेपछि त्यसको नतिजा माओवादी केन्द्रको पोल्टामा पुग्ने ठोकुवा गरेका छन् ।
पछिल्लो समय नेकपा एमाले विभाजनउन्मुख बनेपछि नेताहरूको तहमा छेडखानी सुरु भएको बेला नेता थापाले सामाजिक सञ्जालमार्फत यस्तो भनेका हुन्।
आज बिहान ट्विटरमा ट्वीट गर्दै नेता थापाले खनाल-नेपाल पक्षको समानान्तर कमिटीहरूको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्याउने निश्चितप्रायः भएको ठोकुवा गरेका हुन्।
नेकपा एमाले, जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुने पनि बताएका छन् । ‘जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भुल कसैले नगरौं,’ उनले कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।
उनले लेखेका छन्, ‘समानान्तर कमिटीहरूको घाेषणाले अन्तत: माओवादी र प्रचण्डकाे पाेल्टामा नै पु-याउने निश्चितप्रायःछ । नेकपा(एमाले),जबज र सूर्य चिन्हकाे पक्षमा गाेलबन्द भएर नै विभाजनकाे समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताकाे कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगराैं ।’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend