Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने गृहकार्य सुरू


    मंगलबार, चैत्र २४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णालीमा नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ ।

    मंगलबार अाज तीनजना मन्त्रीहरुले राजीनामा दिएलगत्तै नयाँ सरकार निर्माणको गृहकार्य थालेको नेपाल कम्युनिष्ट पार्टीले अन्य दलहरूसँग समन्वय र सल्लाह गरेर अघि बढ्ने बताएकाे छ ।

    आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका छन् ।

    स्राेतले भन्याे मुख्यमन्त्रीले राजीनामा दिएर अब बाटो खुला गरिदिनुपर्छ । बाटो खुला गरिदिएपछि नयाँ सरकार बनाउन सहज हुन्छ । यद्यपि, मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने तत्कालै राजीनामा दिने सोचमा छैनन् । शाही विश्वासको मत लिने योजनामा रहेको मुख्यमन्त्रीको सचिवालय स्रोतको दावी छ ।

    एमालेले चैत ५ गते समर्थन फिर्ता लिएपछि आफ्नो पक्षमा समर्थन कायम रहेको देखाउन मुख्यमन्त्री शाहीलाई अब पाँच दिनको समयावधि बाँकी रहेको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार