Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको वरिष्ठ नेता


    बिहिबार, असोज ८ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ ।

    पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । अब केन्द्रीय कमिटीले उनको नाम अनुमोदन गर्ने छ ।

    एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो ।

    त्यो अघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।

    सात वर्ष भन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनस् पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनको पुनस् राजनीतिक सक्रियतालाई रोकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार