काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको अडियो सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले राज्यको चेन अफ कमाण्ड र मर्यादालाई नै चुनौती दिने गरी आएको उक्त अभिव्यक्तिबारे तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् ।
सांसद संग्रौलाले सदनमा बोल्दै कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई अत्यन्त तल्लो स्तरको भाषा प्रयोग गर्दै थर्काएको विषयले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादामा आघात पुगेको बताइन् । सार्वजनिक भएको उक्त अडियोमा ती अधिकृतले सशस्त्र प्रहरीका महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै ‘स्वाट्टै हान्छु’ भनी धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ ।
सांसद संग्रौलाले भनिनन्, ‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई नै हान्ने क्षमता राख्छन् भने यो सदनमा हामी के गरिरहेका छौँ ?’ ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्ति फोन हान्ने हो, भेटेर हान्ने हो वा पद खोस्ने भन्ने अर्थमा प्रयोग भएको हो भन्नेबारे प्रश्न गरिन् । राजश्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र राज्यका उच्च पदाधिकारीलाई नै सार्वजनिक रूपमा चुनौती दिने कार्य कदापि स्वीकार्य नहुने उनको भनाइ छ । उनले सरकारसँग उक्त प्रकरणको तत्काल छानबिन गर्न माग गर्दै, यदि ती अधिकृत दोषी देखिएमा कानुन बमोजिम कारबाही गर्न जोड दिइन् ।
काठमाडौँ। राजनीतिक विश्लेषक भरतमणि दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको...
काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।...
काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन...
काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend