Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • ३ लाखबाट ओरालो लाग्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?


    बिहिबार, असोज ८ २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ।

    सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय पुगेको थियो। मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय १५ रुपैयाँ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार