वीरेन्द्रनगर। नेपालगन्ज विमानस्थलबाट यात्रु लिएर डोल्पा आएको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएपछि विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।
सीता एयरको ढल्ब्व्ज् कलसाइन भएको जहाज बिहीबार बिहान ८ बजेर २५ मिनेटमा जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएको हो ।
जहाजमा सात जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए । टायर फुत्किएपनि जहाजमा अन्य कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको डाल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् ।
उनका अनुसार जहाज धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलबाट हुने अन्य नियमित उडान तथा अवतरण प्रभावित भएका छन् । अवतरणका लागि आएको नेपाली सेनाको जहाजसमेत धावनमार्ग खाली नभएपछि जुफालमा अवतरण नगरी फर्किएको बताइएको छ । जहाजमा रहेका सबै यात्रु सुरक्षित छन् । जहाजलाई धावनमार्गबाट हटाएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
काठमाडौँ। राजनीतिक विश्लेषक भरतमणि दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको...
काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।...
काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन...
काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी...
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको अडियो सार्वजनिक भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend