Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • श्रीमतीसहित वासिङ्टन पुगेका चीनका राष्ट्रपति सीलाई ट्रम्प दम्पतीले गरे स्वागत


    बिहिबार, असोज ८ २०८३
    110
    Shares
    (From L) China's First Lady Peng Liyuan, Chinese President Xi Jinping, US President Donald Trump, and US First Lady Melania Trump greet China's presidential couple upon their arrival at Joint Base Andrews in Maryland on September 23, 2026. Xi is visiting the United States from September 23 to 25. (Photo by Brendan SMIALOWSKI / AFP via Getty Images)
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले एन्ड्रयुजस्थित एयर बेसमै पुगेर सी र उनकी श्रीमती पेङ लियुआनलाई विशेष स्वागत गरेका छन्।

    उनीहरूलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमै पुगेका थिए। सीका लागि रातो कार्पेट ओछ्याइएको थियो।

    १९६२ पछि यसरी कुनै अमेरिकी राष्ट्रपतिले यस एयर बेसमा विदेशी नेतालाई व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलोपटक हो।

    जहाजबाट ओर्लिएपछि सी चिनफिङ र डोनाल्ड ट्रम्पले हात मिलाए भने दुवै नेताका पत्नी सँगै हिँडे।

    सीको स्वागतका लागि दुईवटा बी-१ बमवर्षक विमान माथिबाट उडाइए। अमेरिकी वायुसेना ब्यान्डले अमेरिका र चीन दुवैको राष्ट्रिय गान बजायो र दुवै देशका झण्डा फहराइयो।

    त्यसपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन, डीसीतर्फ प्रस्थान गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार