काठमाडौँ। सरकारले बिजुलीमा भ्याट हटाउने भएको छ।
भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ।
ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आइतबार ऊर्जामन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग भ्याट हटाउन प्रस्ताव गरेका थिए।
‘हामीले ऊर्जा खपत रणनीति २०८३ लागू गरेका छौं। खपत बढाउनका लागि त मूल्य धेरै हुनु भएन। त्यो हिसाबले ऊर्जामन्त्रीज्यूले अर्थमन्त्रीज्यूसँग भ्याट हटाउन प्रस्ताव गर्नुभयो। प्रस्तावमा अर्थमन्त्रीज्यू सकारात्मक हुनु भएको छ’, ती अधिकारीले भने।
अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सहमति भएको उनले बताए। मन्त्रिपरिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ।
सरकारले घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था वाग्लेले नै गरेका हुन्।
यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो।
काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले...
काठमाडौं। गत भदौ दश गते रसुवामा आएको भिषण बाढीजन्य विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ। आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा...
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend