Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री ‘बादल’सहित ५ मन्त्रीको पद खोसिँदै


    मंगलबार, चैत्र २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टीले सोधेको स्पष्टिकरणको जवाफ नपठाएको भन्दै नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाही गर्ने भएको छ ।

    स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाहीलाई गरिदै छ ।

    ‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ र त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी रहेको बताउँदै स्रोतले भन्यो सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’ । 

    थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार