Nepal Face
  • आइतबार, ४ असोज २०८३
  • नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आह्वान 


    आइतबार, असोज ४ २०८३
    10
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।

    मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान भएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

    उनका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ ।

    यसबाहेक आन्तरिक संगठनात्मक सवाल र राष्ट्रिय राजनीतिका विषय पनि छलफल हुने उनले बताए ।

    प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ । बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुनेछ । यसआधारमा सरकारको पनि ध्यानाकर्षण गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार