Nepal Face
  • आइतबार, ४ असोज २०८३
  • गोरखामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु, ७ घाइते


    आइतबार, असोज ४ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङको भित्रि सडकखण्डमा आइतबार बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

    भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको महिन्द्रा जीप साढे १० बजेतिर दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको स्थानीय भक्तबहादुर गुरुङले जानकारी दिए ।

    सो दुर्घटनामा सिरानचोक ७ का ६८ वर्षीय कमलबहादुर घिमिरे,सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

    त्यस्तै सोही ठाउँका ७३ वर्षीय कुलबहादुर सार्की,वडा नं.६ सिम्लेका ६८ वर्षीया सिता गुरुङ वडा नं.७ डाँडागाँउकी २७ वर्षीया रोजिना नेपाली र उनकै दुई वर्षीयाछोरी रेविका नेपाली घाइते भएका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनीहरू सबैको प्रदेश अस्पताल आँपपिपलमा उपचार भएको छ । जीप चालक विकास गुरुङ प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार