धनकुटा। छथर जोरपाटी गाउँपालिका वडा नं ३ बन्चरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।
घाइतेमध्ये सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीको शरीरका विभिन्न भागमा चोट लागेको छ । यस्तै धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राईको टाउकोमा चोट लागेको छ भने उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बाको हातमा चोट लागेको छ । धनकुटा नगरपालिका–४ का ३३ वर्षीया पुनम लिम्बू सामान्य घाइते भएकी छन्। उनकी २ वर्षीया छोरी आरध्या लिम्बूको मुखमा चोट लागेको छ। सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यस्तै धनकुटा नगरपालिका–३ का २७ वर्षीय भवानी लिम्बू र ४७ वर्षीय हेमबहादुर लिम्बू,धनकुटा नगरपालिका–४ का ३० वर्षीय अबिन लिम्बू तथा छथर जोरपाटी गाउँपालिका–३ का २१ वर्षीय आशिष लिम्बू घाइते भएका छन्। आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त सुमो निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
काठमाडौं। काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान...
उपरोक्त सम्बन्धमा त्यस अनलाइन मिडियाले मिति २०८३।०४।२४ गते ‘स्वास्थ्य मन्त्रीको निर्णय डाक्टरले मानेन, प्रदेश आपूर्तिका प्रमुख ५६ दिनसम्म सरुवा भएको अस्पताल गएनन्’ शीर्षकमा समाचार...
काठमाडौँ। सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको...
काठमाडौँ। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङको भित्रि सडकखण्डमा आइतबार बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend