काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।
पार्टी पुनर्गठनको बहस चलिरहेका बेला नेतृत्वबीच सहमति जुट्न नसकेपछि एउटै प्रतिवेदन तयार पार्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ ।
यसअघि महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष रामबहादुर बादलले अलग अलग प्रतिवेदन तयार गरेपछि विवाद बढेको छ । अघिल्लो साता आवासीय बैठक बसेर दुवै प्रतिवेदनलाई एक बनाउने प्रयास गरिएको भएपनि नेताहरुबीच सहमति हुन नसकेपछि अध्यक्ष केपी ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले अलग्गै प्रतिवेदन तयार गरेको बुझिएको छ । ज्ञवालीको प्रतिवेदन आजको बैठकमा पेश हुने बताइएको छ ।
आज कार्यदल बैठकपछि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ । सचिवालयले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्ने तयारी छ ।
काठमाडौं। काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान...
उपरोक्त सम्बन्धमा त्यस अनलाइन मिडियाले मिति २०८३।०४।२४ गते ‘स्वास्थ्य मन्त्रीको निर्णय डाक्टरले मानेन, प्रदेश आपूर्तिका प्रमुख ५६ दिनसम्म सरुवा भएको अस्पताल गएनन्’ शीर्षकमा समाचार...
काठमाडौँ। सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको...
काठमाडौँ। गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङको भित्रि सडकखण्डमा आइतबार बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend