Nepal Face
  • आइतबार, ४ असोज २०८३
  • धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ


    आइतबार, असोज ४ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

    प्रहरीका अनुसार आइतबार राति घरायसी विवादका क्रममा ५८ वर्षीय गन्दु राम राईले आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको गर्दनमा सिकल प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    घटनापछि राई आफैँ अस्थायी प्रहरी पोस्ट माडिबास पुगेर जानकारी गराएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ।

    घटनाबारे जानकारी पाएलगत्तै माडिबासबाट प्रहरी हवल्दारको कमान्डमा दुई सदस्यीय टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते बिमलालाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएकोमा राति १:१५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनाका बेला आरोपितले मादक पदार्थ सेवन गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार