Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रदेश १ मा माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव फिर्ता


    सोमबार, चैत्र २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । सोमबारको प्रदेशसभा वैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

    प्रदेशसभा बैठकमा सम्बोधन गर्दै नेता ईन्द्रबहादुर आङ्बोले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिइएको बताएका हुन् ।

     नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले प्रदेश १ सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास अझै फिर्ता नभएको बताएका छन् ।

    गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्था थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार