काठमाडौं। मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गर्नुभएको हो ।
सांसद योगेश भट्टराईले ताप्लेजुङ्को दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीको घटनाबाट पीडितलाई तत्काल बसोबास तथा राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधानका निम्ति पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त क्षेत्रमा आगलागीबाट रु आठ करोडभन्दा बढी धनमालको क्षति भएको र पाँच घर जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । साथै जिल्लामा पटक–पटक आगलागीका घटना हुने गरेको र पछिल्लो पटक मात्रै जिल्लामा पाँच पटक आगलागी भएको स्मरण गराउँदै सांसद भट्टराईले आगलागी नियन्त्रणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह पनि गर्नुभयो ।
सांसद राजेन्द्रकुमार राईले अहिले देशैभर आगलागीका घटना बढिरहेको र यसबाट सामुदायिक वन तथा अन्य वनमा ठूलो क्षति पुगेको भन्दै आगलागीको घटना नियन्त्रण गरी प्रदूषित वातावरण नियन्त्रणका लागि विशेष पहल गर्न आग्रह गर्नुभयो ।
सांसद रेखा कुमारीले दशगजा क्षेत्रमा बाँधको समस्या निरन्तर पेचिलो बन्दै गएको भन्दै समाधानका लागि पहल गर्न सरकारसमक्ष माग गर्नुभयो ।
सांसदद्वय रेणुका गुरुङ र मीना सुब्बाले छिमेकी मुलुक भारतमा कोभिड–१९ महामारी बढिरहेको र नेपालमा पनि यसको खतरा बढेको भन्दै महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सिमानामा कडाइ गर्न र जोखिम नियन्त्रणमा जुट्न स्वास्थ्य सहायता कक्ष, क्वारेन्टिन आदिको व्यवस्थाा गर्न पनि उहाँहरुको माग थियो ।
सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सडक साँघुरो भएको र ठाउँठाउँमा पहिराले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको भन्दै पर्यटकीय क्षेत्र रारा जाने महत्वपूर्ण सडक पनि भएकाले उक्त सडक मर्मतका लागि तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको बेवारिसे सडक मर्मतका लागि विशेष पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मेटमणि चौधरीले दाङ उपत्यकामा पर्ने राप्ती नदी किनारमा अवैधरूपमा बालुवा चोरी निकासी र वन अतिक्रमणको घटना बढेको भन्दै संलग्न दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभयो ।
सांसद भरतकुमार साहले लुम्बिनी सांस्कृतिक नगरपालिका–५ र ६ मा आगलागी हुँदा २५ बिघा जग्गा नष्ट भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै पीडितलाई तत्काल क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गर्नुभयो । सांसद भैरवबहादुर सिंहले बझाङमा खाद्य अभाव बढेको भन्दै चाँडो आपूर्ति गर्न माग गर्नुभयो ।
सांसद रामबहादुर विष्टले म्यान्मारमा भइरहेको सैनिक कुको भत्सर्ना गर्दै त्यहाँ चाँडै प्रजातन्त्र बहाली होस् भनी कामना गर्नुभयो । सांसद राजेन्द्रकुमार केसीले लामो समयको व्यग्र प्रतीक्षामा मेलम्चीको पानी काठमाडौँ आउनु सुखद भए पनि उपत्यकाका ललितपुर र भक्तपुर जस्तै कीर्तिपुरले अझै पानी नपाएको भन्दै ती क्षेत्रमा पनि पानी वितरणको व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभयो ।
सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई छायाँमा पारेर विरोधीहरु सरकारको आलोचनामा तल्लीन भएकामा आक्रोश पोख्नुभयो । उहाँले सरकार गठन भएदेखि पार्टी एकीकरणको किचलो झिकेर, मिडिया मिसन चलाएर सरकारविरुद्ध घेराबन्दी गरेको आरोप लगाउनुभयो ।
सांसदहरु मीनबहादुर विश्वकर्मा, मैनाकुमारी भण्डारी, यज्ञबहादुर बोगटी, लक्ष्मी परियार लगायतले समसामयिक विषयबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सदनलाई प्रभावकारी बनाऊ पुनःस्थापित संसद्लाई बेवास्ता गर्दै महत्वपूर्ण बिजनेसको बेवास्ता गरेको भन्दै सांसदहरुले प्रधानमन्त्रीको आलोचना गर्नुभएको छ ।
जनप्रतिनिधिको थलो संसद् र प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई बेवास्ता गरेर प्रधानमन्त्रीले जनमतको अपमान गरेको उहाँहरुको गुनासो थियो ।
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले महत्वपूर्ण विधेयक अड्किएको अवस्थामा सरकारले संसद्लाई गतिहीन बनाएको टिप्पणी गर्नुभयो । उहाँले प्रतिपक्षी दल कांग्रेसले राजीनामा मागिसकेको सन्दर्भ तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले कामचलाउ सरकार भनेको अवस्थामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनु पर्दैन भनी प्रश्न गर्नुभयो ।
कांग्रेसकै रङ्गमती शाहीले संसद् र सिंहदरबारमा उपस्थित नभएर प्रधानमन्त्रीले जनमतको अपमान गरेको आरोप लगाउनुभयो । उहाँले संसद्लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जस्तो अवस्थामा पुर्याएको भनी कटाक्ष गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजबहादुर बुढाक्षेत्रीले संसदलाई प्रभावकारी बनाएर लैजाने सबै राजनीतिक दलको दायित्व भएको बताउँदै प्रधानमन्त्रीबाटै जनादेशको उपेक्षा भएको आरोप लगाउनुभयो । –––
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend