काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् ।
हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन रहेको र केही अध्यादेशहरु पनि रहेको भन्दै उनले यस्तो अवस्थामा पनि ती विधेयक संसदमा पेश नगरेकाले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको बताएकी छन् ।
‘सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको छ’ उनले भनिन्, ‘के को लागि सन्देश दिन खोजेको ?’
सांसद श्रेष्ठले संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने बताइन् ।