काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् ।
मंगलवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई एकरुपमा बनाउन र नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलीय बैठक आवश्यक रहेको उनले बताए । तर सर्वदलीय बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको उनको आरोप छ ।
प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रश्तुत गर्नुपर्ने उनको भनाई छ । महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘महासभामा १–२ घण्टा बोल्न पाइने होइन, मुस्किलले ५–६ मिनेट समय पाइन्छ । त्यति समयमा धेरै कुरा भन्न सकिँदैन । तर हामीले भन्नुपर्ने कुरा धेरै छन्, साइड टकहरु पनि केही हुन्छ । त्यसको विषयमा तयारी के हो ? त्यस विषयमा देशैभित्र पनि सर्वदलीय संयन्त्रको बैठक बोलाएर उहाँ आफैंको नेतृत्वमा छलफल र बहस गर्नुपथ्र्यो कि पर्दैनथ्यो?’
उनले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले नागरिकका समस्या, गुनासा र...
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend