Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सरकारले भोटेकोशी बाढीबाट विस्थापितलाई मासिक १५ हजार उपलब्ध गराउने


    आइतबार, भाद्र २८ २०८३
    15
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी गराएका छन् ।

    उनका अनुसार, ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि २ हजार अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ ।

    यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा, सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको उनले जानकारी गराएका छन् ।

    यस सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको मन्त्री तिमिल्सिनाले बताए।

    सरकारले बाढीको प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्यांकन प्रक्रिया जारी राखेको उनले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार