काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृतरथी प्रदीपजंग केसीले सिग्देललाई बिदाइ गरेका थिए।
प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमणमा निस्किएका हुन्। यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए।
सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। ४५ औँ प्रधानसेनापति सिग्देलले चीनबाट नेशनल डिफेन्स कोर्स पूरा गरेका थिए। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास हुँदै आएको छ।
यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन्। स्रोतका अनुसार करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध,सुरक्षा सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend