कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बाढीका कारण नदी क्षेत्रमा फसेका एघार महिला र एक पुरुषलाई गए राति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगंगा नदीमा एक्कासि बाढी आएपछि मानिसहरू फसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो । उनले भने, “नदीमा पानीको बहाव बढेपछि त्यहाँ फसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो ।”
कपिलवस्तु नगरपालिका–६ की ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा तथा ३७ वर्षीय रेशम परियारको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो । उद्धार गरिएका सबै जनालाई सुरक्षित स्थानमा पुर्याइएको सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend