Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • अस्पताल परिसरको पेटीमा प्रसूति प्रकरण: ड्युटीमा रहेका कर्मचारी बर्खास्त


    शुक्रबार, भाद्र २६ २०८३
    165
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभाको बैठकमा घटनाबारे जानकारी दिँदै सम्बन्धित कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन थालिएको बताइन्।

    आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन्।

    ‘राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ उनले भनिन्, ‘छानबिन प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही हुनेछ।’

    घटनाको स्थलगत अध्ययनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र आचारसंहितासम्बन्धी समितिका डा। अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको मन्त्री मेहताले जानकारी दिइन्।

    उक्त टोलीसँग स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा। पवनजङ्ग रायमाझी पनि स्थलगत छानबिनमा सहभागी छन्।

    जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत घटनाको छानबिन गर्न छुट्टै समिति गठन गरेको छ। यससँगै मन्त्रालय, मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालयबाट घटनाको जाँच अघि बढेको हो।

    घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले अस्पतालसँग २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। अस्पतालले मन्त्रालयसमक्ष स्पष्टीकरण पेस गरिसकेको मन्त्री मेहताले बताइन्।

    अस्पतालबाट प्राप्त प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा रहेकी ३० वर्षीया महिला उपचारका लागि अस्पताल पुगेकी थिइन्।

    प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति कक्षको शय्या नम्बर २४ मा भर्ना गरिएको थियो। आवश्यक परीक्षणका प्रतिवेदन उपलब्ध नभएकाले स्वास्थ्यकर्मीले अत्यावश्यक परीक्षण गर्न सुझाव दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार