Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बाढी प्रभावितका लागि चीनबाट पाँचौ खेपको राहत काठमाडौं आइपुग्यो 


    शुक्रबार, भाद्र २६ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भोटेकोसी प्रभावितका लागि चीनले पठाएको पाँचौ खेपको आकस्मिक राहत सामग्री काठमाडौं आइपुगेको छ।

    राहत सामग्री बोकेर चियनाँ जनमुक्ति सेना ९पीएलए० को विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले वायु सेनाको वाई–२० ‘ए’ कार्गो बिमान आइपुगेको हो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरेका छन्।

    चीन पठाएको राहत सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, शव राख्ने फ्रिज (मर्चरी फ्रिजर), डीएनए परीक्षण उपकरण तथा रिएन्जेट र जल उद्धार उपकरण समावेश छन्।

    बाढी प्रभावितको खोज तथा उद्धारका प्रयासलाई निरन्तर अघि बढाउनका लागि सहयोग पुग्ने गरी राहत सामग्री पठाइएको चीनले जनाएको छ। यी सागमीैले आगामी दिनमा पनि उद्धार तथा राहत कार्य अगाडि बढाउन ठूलो सहयोग पुग्ने मन्त्री पुनले जनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार