Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद, स्टोरका सञ्चालक पक्राउ


    शुक्रबार, भाद्र २६ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो ।

    ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ ।

    एसपी रामेश्वर कार्कीका अनुसार लुइँटेलले प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको भेटिएको छ । बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् । आरोपीले नयाँ सिलिन्डर ५ हजारमा बेच्ने गरेको पाइएको एसपी कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार