सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
आज बिहान ७:०० बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले बताए । पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा जम्मा भएको पानीको मात्रा बढिरहेको उनले जानकारी दिए।
‘खोलाको माथिल्लो भागबाट ठूलो पहिरो खसेर करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनेको जानकारी प्राप्त भएको छ,” उनले भने, “पहिरो नरोकिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौँ ।’
हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले पहिरोका कारण बनेको अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा असर पर्न सक्ने प्रशासनको अनुमान छ ।
सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुङ्गा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताए ।
महाकुलुङ गाउँपालिकाले खोला थुनिएको जानकारी पाएपछि घटनास्थलतर्फ स्काभेटर पठाएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए। घटनास्थलको अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको उनले जानकारी दिए ।
हुङ्गा खोला तथा आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन छन् । स्थानीय प्रशासनले खोला तथा नदी आसपासका बासिन्दालाई सचेत रहन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend