काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सामाजिक सञ्जालबाट गजेन्द्रनारायण सिंह अस्पताललाई स्पष्टिकरण मागिएको जानकारी दिएकी हुन् ।
उक्त घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको र सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकिएको उनको भनाइ छ । छानबिन निष्पक्ष हुने र घटनाको वास्तविकता छिट्टै बाहिर ल्याइने मन्त्री मेहताले स्पष्ट पारेकी छन् ।
छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै पनि प्रकारको गल्ती वा लापरबाही देखिएमा सम्बन्धित जो–कोहीलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्री मेहताले चेतावनी दिएकी छन् ।
प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै उनले भनेकी छन्, ‘स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध छ ।’
अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना र उपचार नपाएर अस्पताल परिसरबाहिरै खुला ठाउँमा बच्चा जन्माउनु परेको भिडियो तथा समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्यमन्त्रीको यस्तो प्रतिक्रिया र कदम आएको हो ।
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend