Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा सांसद भण्डारीले दिए उद्योग समिति सदस्यबाट राजीनामा


    बिहिबार, भाद्र २५ २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले आम जनताले सहज रूपमा खाना पकाउने ग्याससमेत पाउन नसकेको गम्भीर अवस्थामा समितिमा रहिरहनुको औचित्य नभएको भन्दै राजीनामाको घाषणा गरेका हुन्।

    उनले भने, ‘अहिले देशमा जनताले खाना पकाउने ग्यास पाउन सकेका छैनन् । जनता यतिसम्मको सास्ती भोगिरहेका छन्, तर यस्तो अवस्थामा पनि उपभोक्ताको हित हेर्ने संसदीय समितिमा रहेर काम गर्न सक्ने नैतिकता मैले पाइनँ ।’

    उनले उपभोक्ता हितसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार र सम्बन्धित निकाय मौन बसेको र जनतालाई सास्ती दिने काम भइरहेको बताए । जनताले भोकै पर्ने अवस्था आउँदासम्म पनि प्रभावकारी कदम चाल्न नसक्ने समितिमा बस्नुभन्दा त्यसबाट अलग हुनु नै उपयुक्त रहेको उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार