Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ


    आइतबार, चैत्र २२ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

     सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित हुनुभएको थियो । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।

     निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार